दफा ३
कमिशनको गठन
: (१) यो ऐन बमोजिम विकास क्षेत्रको जग्गा छानबीन गरी पुन बिक्री वितरण गर्न आवश्यक भएकोछ भन्ने नेपाल सरकारलाई लागेमा सूचित आदेशद्वारा एकजना वा तीनजना सदस्यहरू भएको एक कमिशन गठन गर्न सक्नेछ ।
(२) तीनजना सदस्य भएको कमिशन गठन भएमा नेपाल सरकारले तोकिदिएको सदस्य अध्यक्ष हुनेछ र कमिशनको निर्णय बहुमतले हुनेछ ।
(३) तीन सदस्य भएको कमिशन भएमा अध्यक्ष र एकजना सदस्य उपस्थित रहेमा पनि कमिशनले आफ्नो काम कारवाई र निर्णय गर्न सक्नेछ ।
तर राय बाझिन गएमा तीनैजना सदस्य उपस्थित भै बहुमतको निर्णय अनुसार हुनेछ ।